कात्रोको मुल्य
धन संपत्ति र रवाफ होईन, ईमान्दारिता र नैतिकताको मुल्य खोज । आखिर तिमीले लैजानु के छ,? कल्पनाको भूतबंगला होईन मेहनतको छाप्रो रोज । के कुरा पाउन उसले नैतिकता छाड्दै गरेको छ ? रातो—दिन भौंतारिएर कता कता जाँदै गरेको छ । आखिर दुई मिटर कात्रोको मुल्य न हो, त्यसले उसलाई लाँदै गरेको छ ।
।।२।।
उसले अरुलाई ढाँट्दै छ, चिप्ला कुराले फोस्रा सपना देखाएर । आफैलाई छिनाल्दै छ, धारिलो करौति आफैतिर तेस्र्याएर । आफ्ना वर्गतले भ्याएसम्म, निचोरेर रस खान पल्केकाहरु । त्यो रसले उसको पेटमा किरा परेको छ, त्यो किराले विस्तारै उसलाई खाँदै गरेको छ । आखिर दुई मिटर कात्रोको मुल्य न हो, त्यसले उसलाई लाँदै गरेको छ ।
।।३।।
परपिडन पचाएर आफूलाई ठूलो ठान्नेहरु, विश्वास गर,
१२ वर्षमा खोलो फर्कदै गरेको छ । तिम्रो मुटु धरधर थर्कदै गरेको छ । पुराना कर्तुतहरु केलाएर झिकिदै गरेको छ । आखिर दुई मिटर कात्रोको मुल्य न हो, झ्यालखानाको मझेरीमा तिम्रो बास नजिकिदै गरेको छ ।
ईश्वरीप्रसाद घिमिरे कामनपा ३, रानीवारी
No comments:
Post a Comment