Monday, June 11, 2012

टिपनटापन


टिपनटापन






२०६८










ईश्वरीप्रसाद घिमिरे
हर्मि ६, नवलपुर, गोरखा



















आमा


श्रृष्टीकी अधिष्ठात्री प्रकृतीकी द्या्ेतक हुन् आमा ।
सबैको लागि समआदरणीय शब्द हो आमा ।।
आफ्ना सन्तानहरुको लागि जीउ दिने आमा ।
त्यतिकै पूजनीय र वन्धनीय छन् सबैकी आमा ।।
दश महिना कोखमा बोकेर प्रशव पीडा सहदै ।
जन्म दिने आमा,
कति गरिमामयी छन् सन्तानहरुका लागि आमा।।
बिन लादेनकी हुन् वा बाराक ओबामाकी आमा ।
कृष्णलाई जन्म दिने देबकी हुन् वा ।
भिल्ललाई जन्म दिने भिल्लीनी आमा ।।
ती सबै आमानै हुन् समान मायाँ र ममता छ तिनमा ।
आफ्ना सन्तानप्रति सदैब गर्व र चिन्ता छ तिनमा ।।
आफ्ना सन्तानको दुःखमा आशु बगाउने आमा ।
आफ्ना सन्तानको सुखमा छाति फुलाउने आमा ।।
ममताकी महासागर हुन् आमा ।
कहिल्यै नसुक्ने र नरित्तिने मायाँकी आगाध खानी हाुन् आमा ।।
बाँचुञ्जेल राम्ररी महत्व बुझौ आमाको ।
मरेपछि पाईदैन न्यानो काख र असीम ममता आमाको ।।
यो धरतीमा सन्तान पैदा गरिदिने सबैकी आमा ।
शक्ति स्वरुपिणी बरदायिनी आमा ।।
मेरो कोटी कोटी प्रणाम छ आमा। मेरो कोटी कोटी प्रणाम छ आमा ।।


मातातिर्थ औशि, २०६८
ईश्वरीप्रसाद घिमिरे
कामनपा–३, रानीवारी


नेपालमा संविधान बन्नेवाला छ <


हामीलाई लाग्या छ नेपालमा संबिधान बन्नेवाला छ ?
६०१ जनाको लर्कन भत्ता बुझ्न बानेश्वरतीर गैरहेकै छ ।
संविधान बनाउन भनेर बिदेशि पैसा र सल्लाह वैरिएकै छ ।।
सभासद्हरु संविधानको मोडेल हेर्न विदेश भ्रमण गैरहेकै छन् ।
दैनिक तारे होटेल र रिसोर्टहरुमा बैठक भैरहेकै छन् ।।
त्यसैलेत हामीलाई लाग्या छ नेपालमा संबिधान बन्नेवाला छ ?
सभासदहरु बैठकमा उपस्थित नभएपनि तलव भत्ता आईरहेकै छ ।
जेठ चौध सम्मलाई सभासद्को मान् सम्मान भैरहेकै छ ।। 
नेताहरु दृढ भएर संविधान बन्छ भन्दै भाषण गरिरहेकै छन् ।
जनातहरु नेताका भाषण र कुरामा विश्वास गरिरहेकै छन् ।।
त्यसैलेत हामीलाई लाग्या छ नेपालमा संबिधान बन्नेवाला छ ?
डाडै पच्छिे पाखै पिच्छे  र बस्ती पिच्छे फरक जातीको वास छ ।
सबैजातीलाई आफ्नो जातीय राज्यको आश छ ।।
कसैलाई गभर्नर त कसैलाई मुख्यमन्त्री हुने ख्वाब छ ।
वास्तविक जनतालाई देश धुजा धुजा हुनेभो भन्ने संत्रास छ ।।
त्यसैलेत हामीलाई लाग्या छ नेपालमा संबिधान बन्नेवाला छ ?
निमुखा सोझा जनतालाई भने अस्तित्वको त्रास छ ।
ठूला नेताहरुलाई छिमेकीको ईशाराको आश छ ।। 
जेठ चौध आएपनि सभासद्लाई के फरक पर्छ ।
अर्को जेठ चौधलाई थातीराख्दै उनीहरुको आयुु बढ्छ ।। 
त्यसैलेत हामीलाई लाग्या छ नेपालमा संबिधान बन्नेवाला छ ?
संविधानको चार अक्षर नजान्नेदेखि डाक्टरसाप सम्म ।
हरितन्नामदेखि ज्योती खेतान चौधरी सम्म ।।
किरणदेबीदेखि प्रतिभादेबिसम्म ।
विशेष पासवानदेखि गोल्छा हाउस सम्म ।।
जंगलका राजादेखि दर्वारका जर्सापसम्म।
पूर्वका कामीदेखि पश्चिमका धामीसम्म ।।
चन्द्रसूर्य सहितका दल बल सबै ।
 झलमल्ल पार्दै गाका छन् संविधान लेख्न ।।
त्यसैलेत हामीलाई लाग्या छ नेपालमा संबिधान बन्नेवाला छ ?
सभासद्लाई खुब चिन्ता छ संविधानको  ।
त्यसैले त,
सभाहलभित्रै ब्रिफकेश तानातान छ ।
एक अपसमा मुक्कामुक्की हानाहान छ ।।
एकले अर्को बस्ने कुर्सि फालाफाल छ ।
रेसलिङ हेर्न अन्त जानु पर्दैन,
संविधानसभामा सभासद्हरुको हात हालाहाल छ ।।
त्यसैलेत हामीलाई लाग्या छ नेपालमा संबिधान बन्नेवाला छ ?
कोहि सभासद् परीक्षा दिन छोरीलाई साटो पठाएर पनि ।
संविधान लेखनमा व्यस्त छन् ।।
कोहि सभासद् पुलिस बनाईदिउला भन्दै ।
संविधान लेख्ने खर्च जुटाउन व्यस्त छन् ।।
कोहि सभासद् संविधान लेखनमा सघाउ पु¥याउन ।
धेरै श्रीमतीहरु बोटुल्नमा व्यस्त छन् ।।
धेरै सभासद्हरु विदेश भ्रमणमा गएर ।
संघीयताको मोडेल अध्ययन गर्नमै व्यस्त छन् ।।
त्यसैलेत हामीलाई लाग्या छ नेपालमा संबिधान बन्नेवाला छ ?

चैत्र, २०६७ ईश्वरी प्रसाद घिमिरे कामनपा–३, रानीवारी




 “कठैवरा”
 दृश्य  १ “कठैवरा जनता”


टाउकोमा घेरामात्रै भाको टोपी लाका ।  
पैतलामा उडुसले गुड लाउने जस्ता प्वाल भाका ।।
कुखुराको भाले र बाख्राको पाठो बेचेर घरखर्च टार्दै आका । 
चाडवाडमा पनि दुईछाक पेटभरी खान नपाका ।।
जिन्दगिको कुर्चा खादै नेताको भविष्य बनाउन आका ।
भोट हाल्न भन्दै लामो लाईन बसेर आका ।। कठैवरा जनता ।


दृश्य  २  “कठैवरा नेता”


कपालमा टल्कने गरी बेलायती जेल लाका ।
पाचतारे होटेलमा बैठक बसेर फिस फ्राई र चिकेन फ्राई खाका ।।
ठूला ठूला जीउ भाका, बेलायती ट्वीट कपडाको कोट लाका ।
विदेश सयर गरेर धेरै कुरा देखेर, जानेर आका ।।
जनातालाई सुख दिन भनेर संविधान बनाउन लाका ।
कठैवरा यती गर्दापनि यी नेताले कती धेरै गाली खाका ।।कठैवरा नेता ।।
२०६८, जेठ १३ गते
 ईश्वरीप्रसाद घिमिरे
कामनपा–३, रानीवारी




हिड


हिडनुनै छ तिमीले खुट्टा उचालेर हिड ।
खाल्टाखुल्टी गौडा गल्छेडा छलेर हिड ।।
ठेस लागेर घाउहोला खुट्टा जोगाएर हिड ।
कुरा काट्ने धेरै छन् ईज्जत जोगाएर हिड ।।१।।
अनैतिक काम नगर, नैतिक आचरण गरेर हिड ।
आफ्नो हैन अरुको भलाई गर्ने उद्देश्य लिएर हिड ।। 
समाजलाई बाटो देखाउ राम्रो उदाहरण बनेर हिड ।
कहिल्यै पछाडी नफर्क अगाडी हेरेर हिड ।।२।।
बाधा अडचन आउलान्् तिनलाई झेलेर हिड ।
समस्यामा नअल्झ आत्मा दह्रो गरी ठेलेर हिड ।।
कहिल्यै निराश नहोउ सधैभरी हासेर हिड ।
कसैले रोक्न खोजे तिनलाई पेलेर हिड ।।३।।
कतै काँडाले कोर्ला पैताला जोगाएर हिड ।
अल्छि नगर तिमीले सधै फुर्तिलो भएर हिड ।।
जिन्दगी लामो छ लक्षमा पुग्ने गरी हिड ।
आखिर हिड्नुनै छ तिमीले खुट्टा उचालेर हिड ।।४।।
ईश्वरीप्रसाद घिमिरे
कामनपा–३, रानीवारी
२०६८ साल, जेष्ठ १८ गते, 

चित्रपट
उच्चाट लाग्दो आखेटको भूमरीमा ।
जीउने, हास्ने, खेल्ने यी अनगिन्ती उच्छवासहरु ।।
बम र बारुदकोृ भूमरीमा बाकटे खेल्दै ।
डाको छोडेर रुने, हास्ने र कराउने क्रम जारी छ ।
नेपथ्यबाट नेता अभिनेताको दृष्टिगोचर ।
आलिसान, आलिङ्गन मनुवाको दिवास्वप्न ।।
यस्तै यस्तै दुराकांक्षा लिएर अडिएको छ ।
धूर्तहरुको असिमित नजर ।।
काला कर्तुतहरुले चोईटिएका अनुहारमा ।
लत्पतिएका भाग्यका रेखाहरु ।।
अनन्त जिन्दगिको पर्खाईमा, सुस्केरा हाल्दै ।
भविष्य गनिरहेका टाउकाहरु ।।
क्षत विक्षत भएको शरिर हेर्न लालायित ।
अग्लो रुखमा बसेर दाउहर्ने भाले गिद्धहरु ।।
नग्न शरिरमा अनेकौ पिडा दिदै ।
अर्काको भविष्य बताउदैछन् भातमारा सिद्धहरु ।।
मान्छे विक्रि गर्न तछाड मछाड् गर्दै् ।
मान्छे खोज्न गल्ली गल्ली घुम्दैछन् देशि विदेशि शैतानहरु  ।। 
गुटको सहारामा लुट मच्चाउने लुटेराहरु । 
झुट बोलेर छुट पाउदैछन्, देखाएर पुराना घाउ खटिराहरु ।। 
मह जम्मागर्ने अठोट लिएर घार बनाउदैछन्।
आफ्नै बलबुतामा रमाउन खोज्ने ज्यामी मौरीका बथानहरु ।। 
नेपथ्यको परिदृश्यबाट देखिदैछ। 
समाजको यस्तै यस्तै चित्रपट ।।
  
ईश्वरीप्रसाद घिमिरे
कामनपा–३, रानीवारी
२०६८ साल, जेष्ठ १८ गते, 




तिमि चाडै आउ


.....तिमी चाडै आउ, बहिनीलाई पनि साथै लिएर आउ ।
तिमीले कता हो कता बोले जस्तो लाग्छ ।
तिमीले के के हो कुरा सोधेजस्तो लाग्छ ।।
कताकता तिमीलाई गोधुलीमा देखेजस्तो लाग्छ ।
कताकता तिम्रो चित्र खुपडिमा लेखेजस्तो लाग्छ ।।१।।
.....तिमी चाडै आउ, बहिनीलाई पनि साथै लिएर आउ ।
तिम्रो चीर हरण भएको छ बिरामी परेजस्तो लाग्छ ।
तिमीलाई मायाँगर्ने धेरै छन् तर सबै पछाडी परेजस्तो लाग्छ ।।
धुपछायाँ जस्तो तिम्रो मुहार किन आज मधुरो जस्तो लाग्छ ।
तिमीलाई छर्लङ्ग देख्ने मेरो ईच्छा सधै अधुरो जस्तो लाग्छ ।।२।। 
.....तिमी चाडै आउ, बहिनीलाई पनि साथै लिएर आउ ।
तिमीलाई स्वागत गर्न,
आगनीमा नौरङ्गी पूmल सारेर राखेको छु ।
मनभरी धेरै आकांक्षा पोको पारेर राखेको छु ।।
दूबो र सयपत्रीको माला उनेर राखेको छु ।
तिम्रैलागि नानाथरी सपना बुनेर राखेको छु ।। ३।।
शान्ती तिमी चाडै आउ, बहिनी संविधानलाई पनि साथै लिएर आउ ।
शान्ती तिमी चाडै आउ, बहिनी संविधानलाई पनि साथै लिएर आउ ।


साउने सक्रान्ती, २०६८
ईश्वरीप्रसाद घिमिरे 
कामनपा ३, रानीवारी


 आत्मा रोएको छ  


पुराना ईतिहासका मजबूत जगहरु, भत्के बिनासै भए ।
रच्छौ भन्थे नयाँ ईतिहास पनि यहाँ, गफै सरी भैगए ।।
पूर्खाको जो थियो ईज्जत प्रतिष्ठा, त्यो सबै लुटियो ।
गौरव मातृभूमिको अनन्त कला, सस्कृति नि लुटियो ।।
लुटियो सबै खजाना र धन संपत्ति, अब राष्ट्रनै लुटियो ।
खोक्रो भयो देश नराम्ररी अब सबै, अस्तित्व नै लुटियो ।।
पुर्खाका ति शालिकहरु सब ढले, युगको चिनारी मेटियो ।
कता गए तलवार खुकुरीहरु, गोर्खालीको बहादुरी मेटियो ।।
बेचिए पुराना हतियार, बन्दुक र खुडा खुकुरीहरु बेचिए ।
पुर्खाका गौरव जो धरोहर थिए, ईतिहासनै सबै मेटिए  ।।
विदेशमा गईकन बेचिए देशका, सबै बलीया पाखुराहरु ।
रोहेको छ आज गाऊघर सबै, बिचल्ली छन् बुढा बा—आमाहरु ।।
जगेर्ना केहि भएन यहांँ, तिब्र गतीले तत्व सारै खोएको छ । 
माटो देशको नियाली हेर, कसको आत्मा कति रोएको छ । 
कालो बादलले ढाक्योे सबतिर क्षितिजमा, भयो अध्यारो जब ।
थाले लड्न आपसमा सुण्ड मुण्ड अनि फुर्ति देखाई तब ।।

 साउने सक्रान्ती, २०६८
ईश्वरीप्रसाद घिमिरे 
कामनपा ३, रानीवारी

जिन्दगी 
१. ईन्द्रीयको महत्व नबुझ्नेहरु, ईन्द्रिय  तृप्तिको  लागी तड्पिन्छन  ।                        जिन्दगीको रहस्य बुझ्नेहरु,  ईन्द्रिय सुखदेखी भड्किन्छन ।।                                                                   ईन्द्रिय सुख बिना, जिन्दगी असफल ठान्नेहारु ।  कुरा ठूला गर्ने तर काममा सिन्को नउठाउनेहरु ।।                                            प्रिथिवीको लागी अनावश्यक भार भएर के जिउनु । आखिर एकमुठी सासमा अल्झेको न छ जिन्दगी।। 


झलनाथ  
२। आएथे पहिले झलनाथ जो, फुर्ती खुबै लगाई । 
पिटे पत्रकार र विपक्षीलाई पनी,गुण्डा खुबै लगाई ।। 
सिम्ह दरवारमा फोटो टँसाए,ईतिहासमा नाम लेखाए । 
निस्वार्थ भई काम गर्न सकेनन, दोष अरुलाई देखए ।। 
गए आज झलनाथ पनी, तिनको मिती पुरा भो । 
के काम पो गरेर यीनले केवल कुर्सिको मात्रा कुरा हो ।।


सहमती च्झयखभ एयकत 
बर्षायाम हो दिनभरी रातभरी झरी प¥या छ ।
बाढी आ छ महाकालीमा धेरै मान्छे म¥या छ ।।
राहतको लागि सरकारलाई हिजै खवर ग¥या छ ।
बाढी भन्या सधै आउछ पहिलेत सहमती गर्नु प¥या छ ।।
सहमती धेरै भए अझै अर्को सहमती गर्नृ प¥या छ ।
प्रधानमन्त्री फेरेर अर्को प्रधानमन्त्री बनाउनु प¥या छ ।।
जनतालाई सुखदिन छिट्टै देश विकास गर्नु प¥या छ ।
बाढी भन्या सधै आउछ पहिलेत सहमती गर्नु प¥या छ ।।


मन्त्री भए
ख्रिश्चियन धर्मका नेपाली पादरी नेपालका संस्कृति मन्त्री भए ।
मधेशि पार्टिका नेता पहिलोपल्ट यो देशका रक्षामन्त्री भए ।। 
बैद्य बाले चित्त दुखाए मन्त्री खाउभन्दा मानेनन् पिठ्यू फर्काए ।
कबि महोदयको पनि पालो आएछ वायुसेवा निगमको जिएम पड्काए ।।
बल्ल थाहा हुदै आयो नयाँ नेपालमा हुने परिवर्तन यस्तै यस्तै हो । 
कल्चर पढेको मान्छे हर्टिकल्चर विभागको डाईरेक्टर भएजस्तै हो । 


नयांवर्ष २०६९ को शुभकामना
।।१।।
लालिगुरांस र गुयेलीको पूmलले स्वागत गर्छु तिमिलाई ।
गुलाबको फूल हातमा लिएर स्वागत गर्छु तिमिलाई ।।
भरिएको घढा र अबिर लिएर स्वागत गर्छु तिमिलाई ।
सुखद भविष्यको कामना गर्दै स्वागत गर्छु तिमिलाई ।।
।।२।।
शान्तिका पाईला अगाडी बढाउदै आउ नयंँवर्ष ।
सबैको मनमा सद्भाव फैलाउदै आउ नयांवर्ष ।।
सबैमा नयां जोस र जाँगर लिएर आउ नयांवर्ष ।
सबैलाई मंगलमय आशिर्वाद दिदै आउ नयांवर्ष ।।
।।३।।
आजको पावन अवसरमा यहि पुष्पगुच्छा अर्पण गर्छु ।
नयांवर्षको शुभकामना सबैमा यहि समर्पण गर्दछु ।।
र्ईश्वरीप्रसाद घिमिरे
चैत्र ३०, २०६८


बसन्त
काफल पाक्यो कूहूँ कूहूँ गरी, आज कोईली करायो ।
बृक्ष लतीकामा बहार आयो, नयाँ पालुवा पलायो ।।
आकाशमा गुडुगुडु गर्दै, घिनघटा बादलले छायो ।
किसानहरु सब जागे, नयाँ जोश र उमङ्ग आयो ।।
खुले हिम शिखरहरु पनि, उठाई बादलको घुम्टो ।
कस्तुरी मृग खेल्दछन् खेल, उठाइर्एकन माथि मुण्टो ।।
बगैंचामा फूलहरु फूले, कान्लामा लपहेलै छ प्याउली ।
पारी बनेलीमा आजभोली, बिरह पोख्दैछ त्यो न्याउली ।।
नदी खोलाहरु बढ्न थाले, हिमनदीहरु पनि पग्लिए ।
पाखा पर्वत हरिया भए, रुख विरुवाहरु पनि अग्लिए ।।
न जाडो छ न गर्मि छ, महिमा छ नयाँ पालुवाको ।
हुरि वतास हुण्डरी आयो, महिमा चल्छ धुलो बालुवाको ।।
पालुवा झप्किलो भित्र, चराहरु गुढको रोजिमा छन् ।
चल्लाहरु हुर्किए कोईलीको, ति पनि जोडिको खोजिमा छन् ।।
बसन्तको नयाँ बहार, सबैलाई यस्तै यस्तै लाग्दछ ।
हेर्दा हेर्दै गयो बसन्त बसन्त, अझै कति पर भाग्दछ ।।
अस्तु
ईश्वरीप्रसाद घिमिरे
कामनपा—३, रानीवारी, काठमाण्डौं



1 comment:

  1. अरूले नजानुन भनेर यस्तेा भाषा प्रयेाग गने

    ReplyDelete