Sunday, August 4, 2013

कूलपूजा, देवालीको परम्परा



पूजाको परम्पराः—हिन्दू संस्कृति अनुसार पृथ्वी, जल, तेज, वायु, आकाश लगतयतका पंचमहाभूत, बनस्पती, अन्न लगायतका प्राणीमात्रको लागि प्रकृतिबाट उपलब्ध हुने उपकारी तत्वहरुको संरक्षण हेतु तिनिहरुको आराधना गर्नु, पितृगण प्रति श्रद्धा, भक्ति र कृतज्ञता प्रकट गर्नु तथा अन्य देबीदेवताहरुको स्तुति, अर्चना, उपासना गर्नु आदि कर्मलाई पूजा भनिन्छ । प्राणीलाई बाँच्नको लागि सहयोग पु¥याउने प्रकृतिका अवयबहरुलाई देवता भनि तिनिहरुको पूजागर्ने परम्परा हिन्दु संस्कृतिनै हो । यस्तै आवश्यक र उपयोगि वस्तुहरुको संरक्षण गर्नुपर्छ भन्ने मान्यताबाट तिनिहरुको पूजागर्ने परम्पराको थालनी भएको हुनुपर्छ । “भावे हि विद्यते देवो न पाषाणे न मण्मये” अर्थात् देवता सधै भावनामा बस्छन् न ढुंगामा न माटोमा ।  देवीदेवताहरु मानिसको भावनामा रहने हुनाले त्यसप्रति मनभित्र गहिरो आस्था र विश्वासले जरा गाडेको हुन्छ । देबीदेवताहरुप्रतिको गहिरो आस्थाकै कारण श्रद्धाभाव जागृत हुन्छ र मानिसको जीवनमा सकारात्मक र नकारात्मक प्रतिफल प्राप्त हुने विश्वास आम मानिसमा विद्यमान हुन्छ । ईश्वरप्रति आगाध विश्वास, आस्था र तन्मय भएमा पूजाले ईश्वर खुशि हुने र मृत्युपछि आत्माले सजिलै स्वर्ग जानसक्ने विश्वास  र धारण ब्रम्हज्ञानीहरुको रहेको छ । 
भौगोलिक बिबिधता अनुसार सामाजिक परम्परामा पनि बिबिधता छ भने भौगोलिक र सामाजिक बिबिधताले संस्कृतिक परम्परा समेत फरक फरक रहेको हुन्छ । त्यस्तै पूजागर्ने विधि र परम्परामा पनि भौगोलिक र सामाजिक बिबिधता अनुसार फरक शैली र परम्परा रहेको हुन्छ । उदाहरणका लागि तराई, पहाड र हिमाली क्षेत्रमा बस्ने होस् वा पूर्व, मध्य, पश्चिम तथा सूदूर पश्चिममा बस्ने एउटैै जातजातीले गर्ने पूजामा पनि फरक विधि, शैली र परम्परा पाईन्छ । त्यसैले वास्तवमा पूजा गर्दा कूलको परम्परा अनुसार चलिआएको चलनको अबलम्बन सबैले गर्नुपर्ने कुरा शास्त्रहरुमा पनि बताएको छ । पहिलेदेखि चलेको सनातन परम्परा अनुसारको चाल चलनले खास कुनै विधिलाई मानक तुल्याएर पूजागर्नुपर्ने नियमहरु निश्चित गरेको पाईदैन । देश, काल, वातावरण, अवस्था, सामाजिक मुल्य मान्यता एवं परम्परागत कुलको आचरणलाई महत्व दिएर पूजा आजा गर्नुनै राम्रो र व्यवहारिक हुने शन्देश हाम्रा पुर्खाहरुले दिएका छन् । 
कुल र कुलपूजाः— कुलपूजाको परम्पराको बारेमा चर्चागर्नुपूर्व कुलको बारेमा चर्चागर्नु उपयुक्त होला । कुल भन्नाले बंश, घराना, खानदानलाई बुझिन्छ । कुल एउटा सकारात्मक पक्ष बोधक शब्द पनि हो । कुलदीपिका अनुसार “आचारो विनयो विद्या प्रतिष्ठा तिर्थ दर्शनम् । निष्ठाऽबृत्तिस्तपो दानं नवधा कुललक्षणम् ।।” अर्थात आचार, विनय(नम्रता), विद्या, मानप्रतिष्ठा, तिर्थाटन, निष्ठा, बृत्ति(पेशा व्यवशाय), तपस्या र दान सहित यी नौवटा गुणहरुलाई कुलका लक्षणहरु बताईएको छ । अथवा राम्रो वा नराम्रो जस्तो भएपनि कुल शब्दले प्रत्येक वंश वा घरानालाई जनाउछ । संकुचित, सानो विचार तथा सोचाई भएका व्यक्तिहरु मेरो र अर्काको भनेर छुट्याउने र भेदभाव गर्ने गर्दछन् तर उदार हृदय भएका कुलिन व्यक्तिहरु उत्तम आचार, व्यवहार, वातावरण पाएका र फराकिलो सोच भएका हुन्छन् र सबैलाई समान ठान्दछन् र समान व्यवहार गर्दछन् । त्यस्तो सोच हुनुनै महान कुलको लक्षण हो । लेखक चक्रेश्वर भट्टाचार्यले “शाक्त दर्शनम्” भन्ने पुस्तकमा  गरेको कुलको व्याख्या यसप्रकारको छ ः
पञ्चभूतमयम् सर्वम् ब्रम्हाण्डम् सचराचरम् । जीवम् प्रकृतितत्वञ्च कुलमुक्तम् सदाबुधैः ।।                                                तयोस्तु परमम् तत्वम् यो वै जानाती साधकः । कुलिनः परमः सोऽपि वर्णभेदविवर्जितः ।।
अर्थः पञ्चमहाभूतबाट बनेको यो सारा चराचर जगत, प्राणी जगत र प्रकृतिका सम्पूर्ण तत्वलाई विव्दानहरु एउटै कुल वा बंश भन्दछन् । तिनमा रहेको परम तत्वका बारेमा जसले थाहा पाएको छ र वर्ग तथा वर्णभेदको विचारबाट जुन व्यक्ति मुक्त छ त्यो नै कुलिन । अर्थात् कुलिन बन्नका लागि कुल धर्मको संवाहक हुन आवश्यक पर्दछ । परम्परादेखि चलिआएका मर्यादा, मुल्य, मान्यता, धमर्, संस्कृति, पूजाआजा, आचार विचार आदि कुलले गर्ने कर्मको समष्ठि रुपनै कुलधर्म हो ।  
समाजमा प्रचलित परम्परागत मान्यता अनुसार कुलिन हुनुको अर्थ वेदाध्ययन, अनुसनधान, शास्त्रोक्त आचरणको पालना निरन्तर रुपमा गर्नुलाई लिईन्छ भने हिन्दु धर्मका धार्मिक ग्रन्थ पुराणहरुमा प्राचीन भरतबंशीय, चन्द्र र सूर्यबंशीय राजाहरु तथा ऋषिहरुका कुल बंशहरुको मर्यादा र गौरवगाथाहरुको चर्चा गरेको पाईन्छ त्यस्तै प्रसिद्ध श्रीमद्भागवत महापुराणपनि प्राचिन कालका रघुकुल, यदुकुल, कुरुकुल आदि चरित्रवान् राजाहरुको कुलको वर्णन गरेको धार्मिक कथा संग्रह हो । आधुनिक राज्य व्यवस्थामा विधिसम्मत् तरिकाबाट अधिकार प्राप्त गरी ईमान्दारी पूर्वक दिलोज्यानले जनसेवा गर्नुलाई कुलिन भनिन्छ । त्यसैले यो कुलिन शब्द ज्यादै व्यापक छ । यसले धर्मशास्त्र, रानीतिशास्त्र र नैतिकशास्त्र सबैको प्रतिनिधत्व गर्दछ । 
कुलको आवश्यकता 
कुल भनेको जुनसुकै व्यक्तिको पहिचानको आधार हो । कुल शब्दले जुनसुकै व्यक्ति र परिवारका लागि स्वाभिमानपूर्वक अगाडी बढन गौरवमय ईतिहास बोकेका पूर्खाहरुको स्मरण गराउछ । कुलका बृद्धहरुको शुभ आशिर्वाद सन्तती लगायत सबैको लागि प्रेरणाको स्रोत बनेको हुन्छ । महान पुर्खाहरुको सच्चरित्र, बीरता र महत्ताव्दारा  कुल गौरान्वित भएको हुन्छ । पुर्खाहरुकै पौरखका कारण भावी सन्ततीले हिजोआज पनि पुर्खाहरुकै पौरख भजाएर खाईरहेको ईतिहास हाम्रासामु छ । पुर्खाले गरेका योगदानलाई कदर गर्दै समाजमा पहिचान दिलाउने काम पनि कुलकोनै हुन्छ । कुलको ज्ञानले परिवारजन र ईष्टमित्रहरुलाई आत्म पहिचान दिलाउनको साथै भविष्यको पुस्तालाई पारिवारिक पृष्ठभूमिको बोध गराउछ । यसले गर्दा पारिवारिक संरचना बलियो हुने, आफ्नो कुलका परिवारहरुको बिचमा भावनात्मक सम्बन्ध बढ्ने, सामाजिक ईतिहासको संरक्षण हुने, परिवार तथा समाजमा सामुहिक भावनाको विकास हुदै जाने जस्ता सकारात्मक पाटाहरुको विकास हुनजाने देखिन्छ । तर कुलमा जन्मदैमा कुनैपनि मानिस महान हुदैन । महान बन्न र भविष्यका पुस्तासम्म आफ्नो पौरखव्दारा कुलको मान ईज्जत राख्नको लागि व्यक्तिमा ठूलो त्याग, तपस्या, संयम, धैर्य, बुद्धि, बिबेक, अनुशासन, उदारता जस्ता गुणहरुको आवश्यकता पर्दछ । व्यक्तिमा त्यस्ता गुणहरुपनि कुलको गौरवपूर्ण ईतिहास र परम्पराबाटनै प्राप्त हुन्छ । अमेरिकामा केनेडि परिवार, भारतका गान्धी एवं नेहरु परिवारको गौरवपूर्ण ईतिहासले कुललाई सदैव उचाईमा राखिराखेको छ । कुलको पृष्ठभूमिले व्यक्ति, परिवार र समाजमा सधै प्रभाव छाडिराखेको हुन्छ । आफ्नो कुलको खोजि नगर्ने र आफूलाई कुलिन नठान्ने व्यक्ति, परिवारले समाजमा आफ्नो पहिचान र अस्तित्वलाई स्थापित गर्न कठिनाई पर्दछ । त्यसैले प्रत्येक व्यक्ति र परिवारको पहिचानको लागि पनि कुलको आवश्यकता हुन्छ । 
कुलपूजाको चलनः—कुलको परम्परा, मान्यता र मर्यादा अनुसार कुलका संरक्षक मानिने देबीदेवता तथा अन्य स्थानीय शक्तिको रुपमा गैडू, देबीदेउराली, संसारी, वायू, भंगेर आदिको परम्परागत विधिअनुसार तोकिएको तिथि मिति वा निश्चत अवधिमा गरिने विशेष पूजालाई कुलपूजा भन्ने चलन छ । बाबुतर्फका सातपुस्ता र आमातर्फका सातपुस्ताका सन्तानलाई कुल मानेर निश्चित तिथी र अवसरमा एकोव्दिष्ट र पार्वण श्राद्धका अवसरमा तर्पण तथा पिण्ड दिने चलन पनि कुलपूजाकै प्रक्रियाभित्र पर्दछ । पछि यसलाई छोट्याएर बाबु र आमातर्फ तीनतीन पुस्ताका व्यक्तिमा मात्र यस्तो तर्पणदिने चलन सिमीत गरेको पाईन्छ । दैनिक रुपमा काश्यप, मरीचि, अत्रि लगायतका ऋषिहरु, धर्मराज, यमराज, चित्रगुप्त तथा परिवारका सदस्य रहेका मातृकुल र पितृकुलका पितृहरुका नाममा गरिने तर्पण श्राद्ध पनि कुल पूजानै हो । यस्तो पूजा ब्राम्हण धर्म अनुसार सबैले दैनिक र निश्चित तिथि मितिमा गर्नु पर्दछ । नेपाली समाजमा क्षेत्रीयहरुले आजसम्मगर्दै आएको खाँडो जगाउने चलन पनि गौरवशाली बीर पुर्खाहरुको किर्तिगान गर्ने प्रबृत्तिको द्योतक हो । 
ठाउ, जात र परम्परा अनुसार कुलपूजा वैदिक पद्धती, तान्त्रिक पद्धति र स्थानीय पद्धती गरी तीन प्रकारका पद्धतीबाट गर्ने चलन चल्ती रहेको पाईन्छ । यीमध्ये स्थानीय पद्धतीमा ठाउ र जात विशेष अनुसार फरक फरक विधिहरु हुन सक्छन् । वैदिक विधिले कुलपूजा गर्नेहरु कुलका पुर्खा र देवता मानिने शक्तिलाई आव्हान गर्ने, ध्यान गर्ने, आसन, अर्घको जल, स्नान, पुनःआचमनियको जल, दुधले स्नान, दहिले स्नान, आदि पंचोपचार÷शोडषोपचारले पूजा गरी धुप, बत्ती, नैवेद्य, जल, दक्षिणा, आरती, प्रदक्षिणा, पुष्पाञ्जली, अभिवादन, क्षमायाचना, र अर्पण गर्दछन् । त्यस्तै तान्त्रिक पद्धती अनुसरण गर्नेहरु परम्परागत रित बमोजिम पुजा गर्दछन् भने स्थानीय पद्धती अनुसार चल्नेहरु अधिकांश कोरा अक्षता र पातीको पात चढाई घृतधारा अर्पण गर्दछन् । स्थानीय पद्धती अनुसरण गर्नेहरु यसप्रकार कोरीपूजा गर्दछन् भने भौगोलिक स्थान विशेष र विभिन्न थर, गोत्र भएका जाती विशेषहरुले कुलपूजा गर्दा वलिभोग दिने चलन पनि छ । ब्राम्हण, क्षत्रीयहरुले बोका, पाठी वा भेडाका वलि भोग दिन्छन् भने अन्य मतवाली जातीहरुले हाँस, कुखुरा, सुँगुर वा राँगाको वलि भोग दिएर पूजागर्ने परम्परा पनि रहेको पाईन्छ । कुलपूजा कुन जाती तथा थरगोत्र विशेषकाहरुले कहिले र कति समयमा गर्ने भन्ने कुरामा फरक फरक चलन परम्परा रहेको पाईन्छ । एउटै थर, गोत्र, कुलहरुमा पनि स्थान अनुसार फरक फरक किसिमले कुलपूजा गर्दछन् । कोहि ६।६ महिनामा गैडूपूजासंगै गर्दछन् भने कोहि वर्ष÷वर्षमा गर्दछन्, कोहि एक वर्ष विराएर त कोहि २,३,४,५, ६ वा सोभन्दा बढी वर्षमा पनि गर्दछन् । यस सम्बन्धमा हाम्रै घिमिरे बन्धुहरुको पनि विभिन्न ठाउमा बस्ने घिमिरेहरुले फरक फरक समयको अन्तरालमा कुलपूजागर्ने परम्परा बसालेको पाईन्छ ।  कतै ६।६ महिनामा कतै कतै १।१ वर्षमा त कतै सो अवधि १२ वर्ष भित्रमा गर्ने चलन पनि रहेको पाईएको छ । कसैले कोरी पूजा गर्दछन् भने कसैले वली भोग दिएर पूजा गर्दछन् । वलि भोग दिनेमा पनि कुलदेवतालाई नियमित वली भोग, जेष्ठ पुत्रको जन्म भएकोमा पुत्र वढाई तथा जेष्ठ पुत्रको विवाह भएकोमा विवाह भाग बढाई सहितको बेग्लाबेग्लै वलिभोग दिने चलन पनि छ ।  
त्यसकारण परम्परागत, कुलाचार, व्यवहार तथा मान्यतार्लाई आधार मानी कुलपूजागर्ने समूहका भाईवन्धुहरुले आपसि समन्वय, समझदारी र सहमतीमा कुलपूजा गर्ने परम्परालाई निरन्तरता दिन उपयुक्त हुन्छ ।

देवली पूजाः
कुलदेवता, ईष्टदेवता तथा ग्रामीण देवताको पूजा परम्परागत चलन अनुसार खास तिथि वा दिनमा गरिने पूजालाई देवली पूजा भन्ने चलन छ । यस्तो देवली पूजा खास गरेर धेरै जात तथा थर, गोत्रकाहरुले धान्य पूर्णिमा, चण्डी पूर्णिमा वा गैडू पूर्णिमाका दिन गर्ने परम्परा रहेको पाईन्छ । यस्तो देवली पूजा कसैकसैले प्रत्येक वर्ष खास तिथि मितिमा नगरिकन २ वर्ष वा सोभन्दा बढी अवधिमा ३,४,५ वा ६ वर्षमा वा १२ वर्षमा गर्ने चलन पनि थियो । देवली पूजामा पनि भौगोलिक स्थान र जाती, थर, गोत्र अनुसार कसैले कोरी पूजा गर्दछन् भने कसैले बलिभोग दिने चलन पनि छ । देवली पूजामा कसैकसैले वाजागाजाका साथ घर घरबाट पूजा सामग्री सहित पूजागर्ने स्थान (मन्दीर) मा गएर पूजा गर्दछन् भने कतै धामी काम्ने, कतै देउरो निकाल्ने, कतै पूजारीको शरिरमा वायु चढने, कतै कुलदेवता पूजारीलाई देवता चढ्ने चलन छ । देवली पूजामा पूजिने देवी देवताहरु पनि भौगोलिक स्थान र जात, थर, गोत्र विशेष अनुसार फरक फरक नामले पूजिने गरेका हुन्छन् । देवली पूजामा आफ्ना ईष्टमित्र, छोरी चेली तथा छरछिमेकहरुलाई आमन्त्रण गरी सहभागि गराउने र रमाईलो गर्ने चलन छ । 
गोठपूजाः
प्रत्येक ६।६ महिनामा वा वर्षदिनमा गरिने गोठपूजाको परम्परा पनि एकप्रकारको कुल पूजानै हो । हाम्रा पुर्खाहरु कृषि र पशुपालनमा आश्रित थिए । धर्म, संस्कृतिको अवलम्बन गर्न खेती वाली लगाउन बस्तु भाउकै आवश्यकता पर्दछ, गाईको गहूत, दुध, दही पूजा आदि कमर्ममा आवश्यक पर्दछ भने धार्मिक कर्ममा पनि गाई दान गर्नुपर्ने हुन्छ । खेत जोत्न, मल हाल्न, दाई गर्न गाईवस्तुको अनिवार्य आवश्यकता पर्दछ । त्यसैले नेपाली समाजमा कृषि व्यवसाय र पशुपालन एक अर्कोमा अन्योन्याश्रित छन् । कृषि व्यवशाय र धार्मिक, सांस्कृतिक दृष्टिले नेपाली समाजमा गोपालन गर्ने पुरानो परम्परा हो । गाईवस्तुहरुको पालनको लागि उत्तम चरन खर्कहरुको खोजिमा पहाडमा बस्ने मानिसहरु ऋतु र मौसम अनुसार लेक, बेंसी र भित्री मधेशका गोठ राख्दै सार्दै एक अर्को ठाउमा सार्दै लौजाने परम्परागत चलन थियो तर यो परम्परा केहि हिमाली जिल्लाका ग्रामीण भेगमा मात्र सिमित रहन पुगेको छ । 
गाईबस्तुलाई रोगब्याधि र महामारीबाट जोगाउन स्थानीय देवीदेवता, भूतप्रेत, पिसाच जस्ता अमंगलकारी तत्वहरुबाट बचाउन आफ्ना कुलदेवता र स्थानीय देवीदेवतालाई खुशिपार्ने हेतुले प्रत्येक वर्ष निश्चित तिथि मितिमा परम्परागत विधिपूर्वक गोठमा पूजागर्ने प्रचलन परम्परादेखिनै चलि आएको हो । यसै पूजालाई गोठपूजा भन्ने चलन छ । गोठ पूजामा कतैकतै आफ्नो कुलका भाईवन्धुहरु जम्मा  भएर एकै ठाउमा गर्ने चलन छ भने कतैकतै सबैले आ—आफ्नो गोठमा पूज ागर्ने चलन पनि छ । यस्तो पूजा विशेष गरी चण्डी पूर्णिमा वा गैडू पूर्णिमाका दिन गर्ने चलन छ । गोठ पूजामा पनि कुल पूजामा जस्तै बैदिक, तान्त्रिक र स्थानीय पूजा पद्धती अवलम्बन गर्ने प्रचलन भएतापनि आजभोली अधिकांश स्थानीय परम्परा अनुसारको पद्धतीनै व्यवहारमा अवलम्बन गर्दछन् । धार्मिक र सांस्कृतिक महत्वका गाई, गोरु सनातन हिन्दू धर्मावलम्बीहरु यमपञ्चकमा पनि पूजा गर्दछन् । लक्ष्मी पूजा तथा गोवद्र्धन पूजाका दिन गाईलाई साक्षात् लक्ष्मीको स्वरुप मानि पूजा गरिन्छ भने गोवद्र्धन पूजाका दिन गोठमा गोरुको पूजा गरिन्छ । हालका दिनमा नेपाली समाज पशुपालन व्यवशायबाट विस्तारै नगर सभ्यता तिर लम्कन लागेको परिप्रेक्षमा गाईवस्तु पाल्ने काम विस्तारै कमहुदै गएको हुदा गोठपूजाको परम्परा पनि विस्तारै लोपोन्मुख हुदै गएको छ । 
निष्कर्ष 
पुरातात्विक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक र परम्परागत मुल्य मान्यता, रितीरिवाज र विश्वासको जानकारी कुल, परिवार र खानदानका सबै व्यक्तिलाई हुनु  आवश्यक छ । यस्ता कुरा पछिका पुस्ताहरुले नजान्ने, नसिक्ने र जान्न, बुझ्न नचाहने हो भने व्यक्ति, परिवार, कुल समाज र राष्ट्रकै लागि हानि पुग्दछ । बिशेष गरी कला, संस्कृति, ईतिहास र परम्पराका कुरा थाहा नहुने हो भने समाज र राष्ट्रले भावि दिशा निर्देश गर्न सक्दैन । पुर्खाले कठोर साधना तथा परिश्रम गरेर बसालेका असल परम्परा, बचाएका चलनको असल पक्षहरुको बारेमा पछिल्लो पुस्ता अनविज्ञ हुनु राम्रो हुदैन । धर्ती बिर्सियो भने ईतिहास बिर्सिन्छ, पुर्खा बिर्सियो भने संस्कृति बिर्सिन्छ, भाषा बिर्सियो भने संस्कृति विर्सिन्छ, भाष, संस्कृति बिर्सियो भने समाज बिर्सिन्छ, समाज बिर्सिएपछि पहिचानका लागि टेक्ने र समाउने आधार समाप्त हुन्छ । अन्ततः त्यस्तो समाज पूर्ण रुपमा नासिन्छ । आफ्नो संस्कृतिक पृष्ठभूमि एवं ईतिहास विर्सेर वर्तमानको मात्र भोग गर्ने व्यक्ति तथा परिवारले भोग त गर्दछ तर आफ्नो अस्तित्व कायम राख्न सक्दैन । हाल समाजमा चलेको परिवर्तनको लहरले पुराना काम नलाग्ने अन्धविश्वास, गलत चालचलन, गलत सोच र मान्यता, गलत प्रथा र परम्पराको अन्त गर्नु पर्दछ तर परिवर्तनका नाममा सामाजिक शान्ति, एकता, मेलमिलाप, भ्रतृत्वप्रेम जस्ता महत्वपूर्ण पक्षको ईतिहास र संस्कृतिलाई भने समाप्त हुन दिनु हुदैन । नेपाली सांस्कृतिक परम्पराका कतिपय मौलिक र विशिष्ट धरोहर पारिवारिक र सामाजिक विखण्डनले श्रृजना गरेको अज्ञानताका कारण हालका दिनमा लोपहुदै गएको अवस्था छ । धार्मिक कथा तथा मिथकहरुमा आधारित वालन, चुट्का भजन, गुरुङ जातीको घाँटु नृत्य जस्ता अमुल्य संस्कृतिक क्रियाकलापहरु लोपोन्मुख हुदै गएका यस्तै सांस्कृतिक धरोहर हुन् ।

Sunday, July 29, 2012

Benefits of Personalized Gifts

Gift is the symbol of love and affection to each other.  Personalized gifts is used to exchange with family as well friendship relations. Jewelry, rings, necklaces and other gold and diamond goods  are used for a personalized presents specially on the occasion of birthday, wedding and like other ceremonies according to the tradition and costumes.  

कात्रोको मुल्य

।।१।।
धन संपत्ति र रवाफ होईन,                                                                                                                         ईमान्दारिता र नैतिकताको मुल्य खोज ।                                                                                                        आखिर तिमीले लैजानु के छ,?                                                                                                                    कल्पनाको भूतबंगला होईन मेहनतको छाप्रो रोज ।                                                                                       के कुरा पाउन उसले नैतिकता छाड्दै गरेको छ ?                                                                                      रातो—दिन  भौंतारिएर कता कता जाँदै गरेको छ ।                                                                                  आखिर दुई मिटर कात्रोको मुल्य न हो,                                                                                                             त्यसले उसलाई लाँदै गरेको छ ।
।।२।।
उसले अरुलाई ढाँट्दै छ,                                                                                                                                      चिप्ला कुराले फोस्रा सपना देखाएर ।                                                                                                             आफैलाई छिनाल्दै छ,                                                                                                                                            धारिलो करौति आफैतिर तेस्र्याएर ।                                                                                                                आफ्ना वर्गतले भ्याएसम्म,                                                                                                                          निचोरेर रस खान पल्केकाहरु ।                                                                                                                त्यो रसले उसको पेटमा किरा परेको छ,                                                                                                    त्यो किराले विस्तारै उसलाई खाँदै गरेको छ ।                                                                                       आखिर दुई मिटर कात्रोको मुल्य न हो,                                                                                                         त्यसले उसलाई लाँदै गरेको छ ।
।।३।।
परपिडन पचाएर आफूलाई ठूलो ठान्नेहरु,                                                                                                विश्वास गर,
१२ वर्षमा खोलो फर्कदै गरेको छ ।                                                                                                                तिम्रो मुटु धरधर थर्कदै गरेको छ ।                                                                                                                 पुराना कर्तुतहरु केलाएर झिकिदै गरेको छ ।                                                                                               आखिर दुई मिटर कात्रोको मुल्य न हो,                                                                                                       झ्यालखानाको मझेरीमा तिम्रो बास नजिकिदै गरेको छ ।

ईश्वरीप्रसाद घिमिरे                                                                        कामनपा ३, रानीवारी

Monday, July 23, 2012

Ghyangfedhi VDC likes to be women less



Ghyangfedhi VDC of Nuwakot is likely going to be women less village in the upcoming years15-25 years. Similarly adjoining VDCs Shikharbesi and other neighbouring VDCs also have the same condition. Those VDCs are the most women trafficking area of Nuwakot district. Every teenager girls and even married women also are trapped to go under the network of traffickers. As the more than 100 young men above 40 are in search of bride. Finding a life partner for them is being a challenge. They are all unmarried especially in Tamang cast there no young and marriageable girl in the village. They have had no bride till now.  Married women also goes to India for the sake of god job and ultimately they reaches to brothels. They have to spend their fertile life there likely or unlikely and come back after some years carrying with the vulnerable disease. That is the reality of Ghyangfedi and adjoining village. Isn't it a challenge to local Government, Administration Civil society, Go/Ngos ? This is a remarkable matter.  

Star of Marathons



Pheidippides is the star of Marathon history. Pheidippides was a Greek messenger in the battlefield of Greek and Persian marathon. When Greeks defeated to Persian and got victory over Persian Pheidippides was sent to Athens from the battlefield to announce the news of victory. He ran out on marathon and completed the distance of 42.195 kilometres. At that time there were no any safety measures to run like shoes and like other comfortable equipments. When Pheidippides reached to Athens and as soon as delivered the news of victory he died soon. This event had been took place in August or September, 490 BC. After that Pheidippides has given the title of first marathon runner. Now marathon race is included in every national and international game as an integral part. Everest marathon is internationally recognised race in Nepal which is being organised very year. 

Friday, July 20, 2012

Marketing



Marketing is the key activity of business promotion of every business chain, business house or a production company. Without marketing skills consumer attraction could not be grew up. There are many ways of marketing. Like counselling to consumers  through marketing agents, advertisement through the medias like audio visual, print media,  internet advertise, demonstration and free sample distribution, TV shop like so on. The volumes of selling depend upon the marketing performance. Every business chain or production company should allocate some percentage of income in marketing.  As the development of market economy price rate of every goods is very competitive. To survive in this competition market it is necessary to promote the scheme, technology and skills of marketing  effectively. 

Friday, July 13, 2012

Use of Private Blog

Since the development of information technology mankind is getting a lot advantages from it. In the every step of life people is needed with uncountable goods and services. To explore the production and service to needy people, private blogs have been a easy means to every one. E-business is being a attractive to the developed nations. A professional man in this days have no enough time to spend for shopping, study, school choice for kids, treatment, entertainment etc. They likes to get every information from one window. To grape the opportunity in the proper time have a great value. In this days a professional or a businessman can operate his business sitting at home through the means of websites and private blogs. So the private blog is playing a vital role in the day-today life of mankind to make easier.